सात बुदेँ प्रतिबद्धता सहित वीरेन्द्रनगर ८को सार्वजनीक सुनुवाई सम्पन्न ।

 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ ले सात बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
८ नं. वडाका वडा अध्यक्ष टिका राम शर्मा र वडा सचिब अन्जु ज्ञावली मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ११४ जना भौतिक तथा ५० घरधुरीकोे नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु सुमीत्रा काईराला , चन्द्र नेपाली,नेत्र बहादुर ठाडा, डिल्लाी प्रशाद पण्डे, वडा प्रबिधीक माया राम शर्मा, र वडा स्वास्थ्य प्रमुख धन प्रसाद देबकोटा भवन तथा बस्तु बिकास शाखा प्रमुख कीशोर कडेल सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।
कार्यक्रममा वडा योजना गुणस्तरकोलागी वडा समीति वडा प्रबिधीक सहित अनुगमन रनियमन सहित गुणस्तरीय काम गर्न पहल गर्ने, दर्ता नगरी संचालनमा रहेका ब्यवसायीलाई वडा कार्यलयमा व्यवसाय दर्ता गर्ने अभियान सहित पहला गर्ने, सेवा प्रवाह लाई प्रभावकारी बनाउन कर्मचारी सहित जनप्रतिनीधीले मुस्कान सहितको सेवा दिने, वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै सेनेटरी प्याड बितरण प्रकृया सुधार गर्दै सेवा गुणस्तरीइ बनाउने, फोहोर ब्यवस्थापनलाई प्रभावकारी बनाउन पहल गर्ने गरी फोहोर उठाउन आउने गाडिको समय तालीका सकर्वजनीक् गर्ने, प्रश्नमा उठेका जिज्ञासा र सल्लाह सुझा समेटेर अगाडि बढ्ने र लक्षीत वर्गको कार्यक्रम तथा योजनामा सबै वडाबासीको पहुँच पुग्नेगरी कार्यन्वयन गर्ने लगाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, वडाको भौत्तिक पूर्वाधार तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।

 

तपाईको प्रतिक्रिया