सात बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर ६ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ ले सात बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
६ नं. वडाका वडा अध्यक्ष जनक बहादुर रावल र वडा सचिब देव प्रसाद मुलेल मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ५७ जना भौतिक तथा ५० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु कमला नेपाली, कृष्ण प्रसाद श्रेष्ठ, मीरा पन्त,  दुर्गा प्रसाद सापकोटा, वडा प्रबिधीक तेज बहादुर शाहि र वडा सुरक्षा प्रतिनीधी छत्र ढकाल साहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।
कार्यक्रममा वडा कार्यलयको आफ्नै भवनमा सरे लगतै नागरीक साहायता कक्ष मार्फत सेवा दिने, वडा मेलमीलाप केन्द्र लाई प्रभावकारी तरीकाले प्रयोग संगै सक्रीय बनाउने ,वडामा संचालन हुने योजनाहरुलाई गुणस्तरीय बनाउनको लागी प्रविधीक खटन पटनलाई थप प्रभावकारी वनाउने, फोहोर उठाउनको लागी ठुलो गाडि जान नसक्ने स्थानमा साना गाडि हरुको व्यवस्थापन गर्ने वडालाई सुरक्षीत वनाउनको लागी प्रहरी गस्तिलाई प्रभावकारी ढंगले परीचालन गर्ने, फोहोर ब्यवस्थापनको लागी फोहोर उठाउने गाडिको आउने समय तालीका सार्वजनिक गर्ने र सबै नागरीक समाज र सरोकार वालाको पहलमा वडा बिकासको लागी ऐकेबद्धता जनाउने लगाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, वडाको भौत्तिक पूर्वाधार तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।


तपाईको प्रतिक्रिया