सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ ले सात बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
२ नं. वडाका वडा अध्यक्ष गज बहादुर बुढा र वडा सचिब सर्वजीत वली मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ५३ जना भौतिक तथा ३० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु सरीता चौधरी, मोहन सुनार, गीता देवि सुनार, रमेश चौधरी , वडा प्रबिधीक राज कुमार बिष्ट , वडा स्वास्थ्य प्रमुख उदय थापा र वडा सुरक्षा प्रमुख हरी भक्त रोकाय र वडा पशु स्वास्थ्ये प्रमुख झुपलाल पंगाली सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।
कार्यक्रमा प्रत्यक टोल बिकासको कार्यबिधी संसोधन गर्दै अवलम्बन गरी टोल बिकास लाई थप जीम्ेवार वनाएर लैजाने र टोल स्तरमै गएर योजना छनौट गर्ने, वडा कार्यलयमा दतौ चलानीलाई चुस्त दूरुस्त बनाउने, राहात तथा अनुदान दिदाँ टोल समीति सिफारीस पछि छनौट समीति बाट निणर्य गरी सुचना टाँस गरी जनकारी गराउने, योजना छनौट वा वजेट कार्यान्वयन गर्दा भेग भेग भन्दा आवश्यक्ता अनुसारको आधारमा गर्ने,वडा उज्यालो कार्यक्रमलाई प्रभावकारी वनाउन पहल कदमी गर्ने, टोल बिकासलाई थप जिम्मेवार बनाई रकम समेत बिनीयोजन गर्ने र वडामा रहेका हरेक समस्यालाई समाधान गर्नका लागी टोल विकास नागरीक समाज सबै मीली समस्याको समाधान गर्न पहल गर्ने लागाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, कृषि क्षेत्र, वडाको भौत्तिक पूर्वाधार तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।


दर्शन खबर । १४ असार २०८०, बिहीबार