सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ ले पाँच बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
१३ नं. वडाका वडा अध्यक्ष दिपेन्द्र राज काईराला र वडा सचिब ंकल बहादुर थारु मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ८९ जना भौतिक तथा ३० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु खड्क बहादुर घर्ति, रत्न बहादुर बोहोरा, गोमा कुमारी नेपाली,दिपा कुमारी पौडेल, वडा प्रबिधीक डिल बहादुर चपाई, स्वास्थ्य प्रमुख चर्तुभुज गौतम र सुरक्षा प्रमुख देवेन्द्र सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।
कार्यक्रमा यथासीघ्र वडा कार्यलयमा नागरीक साहायता कक्षको स्थापना गर्ने, सुचना प्रवाह लाई प्रभावकारी बनाउदै वडाको फेसबुक पेज संचालनमा तिव्रता संगै सुसासनका कार्यक्रमलाई निरन्तरता दिने, जेसीबि प्रयोगलाई प्रभाबबकारी तरीकाले सबैको पहुँचमा पुग्नेगरी संचालनमा सुधार गर्ने, वडाको शीक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारकोलागी अनुगमनलाई र नियमनलाई निरन्तरता दिने र खेल क्षेत्रको सुधार गर्नकोलागी खेलमैदान सुधार गर्दै खेलाडि लक्षीत योजनाहरु बनाउने लागाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, कृषि क्षेत्र, वडाको भौत्तिक पूर्वाधार तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।
।


दर्शन खबर । ९ असार २०८०, शनिबार