दैलेखमा खोलाले बगाएर किशोरीको मृत्यु

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरेगाउँकी एक किशोरीलाई बाढीले बगाएर बेपता भएकी छिन्। बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् ।

बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् । राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको दैलेख प्रहरीले बताएको छ । उनको अहिलेसम्म कुनै पत्तो‌ लागेको छैन।

साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत‌ क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्‍याएको हो । यद्यपि मानवीय क्षति भने नभएको उनले बताए ।

गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।


तपाईको प्रतिक्रिया