पाँच बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर १४ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ ले पाँच बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
१४ नं. वडाका वडा अध्यक्ष देब बहादुर रोकाय र वडा सचिब बिष्णु प्रसाद आचार्य मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ४६ जना भौतिक तथा ५० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु कल्पना कुमारी दमाई, प्रेम देवि सारु, मन बहादुर बुढा मगर, तिल कुमारी गौतम, वडा प्रबिधीक दिनेश कुमार पुरी, वडा स्वास्थ्य प्रमुख शीसीर कुमार अधिकारी र वडा सुरक्षा प्रमुख डिल्ली राज बिश्वकर्मा सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।

कार्यक्रमा यथासीघ्र वडा कार्यलयको सुचना प्रवाह लाई प्रभावकारी बनाउन वडा कार्यलयको फेसबुक पेज संचालनमा ल्याउने , टोल टोलमा योजना छनौट तथा संचालन गर्दा टोल बिकास संग समन्वय र सहकार्य गरी प्रभावकारी बनाउने, अस्थाई प्रहरी चौकी गोठीकाँडा संग समन्वय गरी प्रहरी कार्यालय लाई टेलिीफोको पहुँचमा पुग्ने ठाँउमा स्थानान्तरण गर्ने, आगामी आर्थीक बर्ष भीत्रै सद्धि मा. बि.को भवन नचुहिने बनाउने र कृर्षी र खानेपानीमा वडाको जम्मा बजेटको ५० प्रतिशत बजेट बिनीयोजन गरी कार्यन्वयन गर्न आगामी आ. व . बाट नै सुधार गर्ने लागाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, कृषि क्षेत्र, वडाको भौत्तिक पूर्वाधार तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।

तपाईको प्रतिक्रिया