जुम्लामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ गरको छ । चन्दननाथ नगरपालिका वडा नं. ४ बस्ने २० बर्षका दुर्ग बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले आज नेपालीलाई नेपालीकै स्थायी घर बाटै पक्राउ गरेको हो । उनलाई थप कानूनी पक्रियाको लागि जिल्ला अदालत जुम्लामा बुझाएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया