
वीरेन्द्रनगर । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू एक हप्ता बन्द गरिने भएको छ । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गर्ने भएका हुन् ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’ले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ ।
‘प्याब्सन’को सुर्खेत कार्यसमितिले विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ । सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन रोकिनेछ ।


दर्शन खबर । २४ जेष्ठ २०८०, बुधबार