८ सुत्रीय माग राख्दै विद्यालय कर्मचारी आन्दोलित

बर्दिया । नेपाल विद्यालय कर्मचारी परिषद् बर्दियाले ८ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागू गर्नु पर्ने, संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गर्नु पर्ने, ६० वर्ष उमेर पुगी अवकाश पाएकालाई शिक्षकसरह सेवा सुविधा दिनु पर्ने लगायत माग राखि समन्वय इकाईमा धर्ना दिएर बसेका हुन् ।

जेठ २० गतेदेखि शिक्षा विकास तथा समन्वय इकाईमा धर्नामा रहेको परिषद्‌को आन्दोलनमा शिक्षकले पनि ऐक्यबद्धता जनाउँदै आएका छन् । आफूहरुको माग राज्यले अहिलेसम्म सुनवाइ नगरेको कर्मचारी परिषद् बर्दियाका अगुवा रामशंकर चौधरीले गुनासो गरे । सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता तथा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नगरिए कडा आन्दोलनमा उत्रिने अगुवा चौधरीले चेतावनी दिए ।


तपाईको प्रतिक्रिया