गणतन्त्रको विकल्प राजतन्त्र हैन मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प राजतन्त्र नभइ , समाजवाद हुनसक्ने वताएका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले  ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको प्रती आपत्ती जनाएका हुन् ।

 

कार्यक्रममा बोल्दै मुख्यमनत्री शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई नागरिकले डाँडा कटाउनुपर्ने अभिव्यक्ती दिएका छन् । मुख्यमन्त्री शर्माले गणतन्त्र दिवस मनाउनुको सार्थकता कर्णाली र समग्र देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको बताए ।

तपाईको प्रतिक्रिया