कर्णाली प्रदेश प्रहरीको सचेतनामुलक तथा सरसफाई कार्यक्रम

कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरेको छ । गणत्रन्त्र दिवसको अवसरमा जेष्ठ १२,१३ र १४ गते प्रदेशका बिभिन्न जिल्लाहरुमा सचेतना र सरसफाइ कार्यक्रम गरेको हो ।

कार्यक्रममा जाजरकोट र जुम्ला जिल्लाका विभिन्न स्थानहरुमा लागु औषध, बाल विवाह, बहु विवाह, आत्महत्या, गलागि नियन्त्रण र सरसफाई सम्बन्धी जिल्ला प्रहरी कार्यालय जाजरकोट र जुम्लाले सचेतनामूलक कार्यक्रम गरेको छ ।कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, स्थानिय व्यक्तिहरू, व्यापारी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो  ।

यस्तै जाजरकोट जुनेचांदे गा.पा.१ स्थित नारायणचौर मा.वि.मा लागुऔषध नियन्त्रण, शिवालय गा.पा.वडा नं. ७ स्थित थाला बालयौन दुर्व्यवहार, कुशे गा.पा.वडा नं. ५ स्थित दमदलामा आत्महत्या न्युनिकरण, जुनिचाँदे गा.पा. वडा नं. ३ स्थित डाँडाकोटमा आगलागि नियन्त्रण, शिवालय गा.पा.वडा नं. ७ स्थित विरेन्द्र मा.वि.मा बाल विवाह तथा बहु विवाह नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो  ।

जेष्ठ १४ गते बिहान ०७:०० बजे देखी ऐ. ०८:४५ बजे सम्म  जुम्लाको चन्दननाथ नगरपालिका स्थित खलङ्गा बजारमा “गणतन्त्र दिवस” को अवसरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कर्यालय जुम्लाको सयुंक्त आयोजनामा तथा चन्दननाथ नगरपालीकाको सहजिकरण साथै प्रमुख जिल्ला अधिकारी श्री जय कुमार घिमिरेज्यू को अध्यक्षतामा खलङ्गा “बजार सरसफाई” कार्यक्रम गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियन व्यापारी, स्थानिय बासिहरुको उपस्थिति रहेको थियो

तपाईको प्रतिक्रिया