पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाको अध्यक्ष बनेर बसः कंडेल

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कंडेलले यस्तो बताएका हुन् ‌ । यसअघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयलाई लिएर कंडेलले प्रतिवाद गरे । उनले भने, ‘पूर्वराजालाई पार्टीको अध्यक्ष बनेर बस्दा हुन्छ। राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’

 

कंडेलले गणतन्त्रमाथि  प्रश्न उठिरहेको बनाउँदै  गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। उनले भने, ‘हामी गणतन्त्रवादीहरूले बुझेर स्थापित गर्न सक्नुपर्छ ‌।  सबैलाई एउटै डालोमा हाल्ने काम भए, त्यो राम्रो हुँदैन। एउटा राजा होइन धेरै राजा भए भनेर जनताको सेवक होइन भन्ने गरिएको छ । ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्मका नाममा या अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेकोमा आपत्ती जनाएका  छन्।

तपाईको प्रतिक्रिया