दश बुदे प्रतिबद्घता सहित वीरेन्द्रनगर १२ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ ले दश बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
१२ नं. वडाका वडा अध्यक्ष चुडामणी चपाई र वडा सचिव उत्तम अधिकारी मुख्य बक्तारहेको कार्यक्रममा स्थानीय ९८ जना भौतिक तथा ५० जनाको नागरिक पतिवेदन वाट सहभागिता रहेको थियो ।
वीरेन्द्रनगरनगर कार्यपालिका सदस्य यमुना नेपाली , वडा सदस्यहरु सन्त बहादुर सारु ,गंगाराम लामिछाने वडा सुरक्षा प्रतिनिधि जय बहादुर वि.क. ,वडा प्रविधिक रामचन्द्र गौतम , वडा स्वास्थ्य प्रतिनिधि हृदय कुमार आले सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।

 

कार्यक्रममा वडा स्तरिय सबै वर्ग समुदायको तथ्याङ्क संकलन गर्ने , योजना छनोट तथा संचालन गर्दा स्थलगत अनुगम गर्ने , वडा संग सम्बन्धित सुचना धेरै नागरिक माझ पुर्‍याउन ध्यान दिने ,वडा सडक उज्यालो कार्यक्रम १२ महिना प्रभावकारी वनाउने, सेनेटरी प्याड तथा वडा भित्र रहेको फोहोर व्यवस्थापनलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने ,अपाङ्गता भएका व्यक्ति,खेलाडि युवा लगाएत लक्षित वर्गको पहुच र सहभागिता हुने गरि कायक्रम तथा वजेट व्यवस्था गर्ने , वडा सुरक्षालाई प्रभावकारी वनाउन वडामा रहेको प्रहरीलाई सिम र मोवाईल सेट उपलब्ध गराई उक्त नं. सबै नागरिकलाई जानकारी गराउने , सबैसंग समन्वय गरि वडाको आफ्नै घर र जग्गा भएको ठाउवाट सेवा प्रवाह गर्ने लागाएतका प्रतिद्धता जनाइएको छ ।


तपाईको प्रतिक्रिया