सुर्खेत । नक्कली भुटानी सरणार्थी बनाइ नेपालीहरुलाइ मानव तस्करी गर्ने संगठित गिरोह लाई कारबाहीको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा बिरोध सभा गरिएको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मसालको संयुक्त आयोजनामा बिरोध सभा भएको हो ।
पिपल चौतारा बजार मा भएको बिरोध सभामा केन्द्रिय सदस्य खड्क बहादुर खड्का यामराजले नक्कली भुटानी सरणार्थी बनाइ नेपाली हरुलाइ मानव तस्करी गर्ने संगठित गिरोहलाई कार्वाही गर्नु पर्ने माग राखेका छन् । यस्तै बिरोध सभामा बोल्ने अधिकांस बक्ताहरुले राष्ट्रघाती नागरिकता विद्येयक खारेजीको समेत माग गरेका छन् ।


दर्शन खबर । ४ जेष्ठ २०८०, बिहीबार