सुर्खेत । बैशाख ३१ गते विज्ञान संकाय अन्तरगत फिजिक्सको विषयको परीक्षा सञ्चालन हुन अगाडि नै विद्यालयको मिलोमत्तोमा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रश्नपत्र र तिनको उत्तर आउट गरेको विषयमा विभिन्न विद्यार्थि संगठनले चासो वढाएका छन् ।
घटना क्रमलाइ लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) लगाएतका विद्यार्थि संगठनले विज्ञप्ती तथा ज्ञापन पत्र मार्फत चासो जनाएका हुन् ।

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सुर्खेतले शिक्षा विकास तथा समन्वय एकाई सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियुले वीरेन्द्रनगर नगरपालिका १० मा रहेको इगरब्रीज माध्यमिक विद्यालयले वैशाख ३१ गते कक्षा १२ को परीक्षामा परीक्षा सुरु हुनु अगावै प्रश्न पत्र सहित उत्तर लिक भएको भन्ने विषयमा सत्य तथ्य छानविनको लागि शिक्षा विकासको कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
बैशाख ३१ गते विज्ञान संकाय अन्तरगत फिजिक्सको विषयको परीक्षा सञ्चालन हुन अगाडि नै विद्यालयको मिलोमत्तोमा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रश्नपत्र र तिनको उत्तर सहित फेसबुकको गुप्र मार्फत पठाउने कार्य गरेको र उक्त कार्य गरे वापतको विद्यार्थीबाट पैसा असुल्ने गरेको पाईएकोले यस प्रति अनेरास्ववियको गम्भीर ध्यानककर्षण भएको साथ यस विषयमा सत्य तथ्य छानविन गरि दोषीलाई कडा कारबाही गर्न अनेरास्ववियुले शिक्षा विकासलाई आग्रह गरेको छ । ज्ञापनपत्रमा ‘विद्यालयले यस्तो घृणित काम गरेकाले यसलाई प्रमाणसहित सम्बन्धन खारेज गर्न शिक्षा विकासलाई आग्रह गर्दछौ। यदि शिक्षा विकासले विद्यालयलाई कारबाही नगरेमा अनेरास्ववियु नै विद्यालयलाई कारवाही गर्न बाध्य हुने छौ ।’ अनेरास्ववीयुका अध्यक्ष आशिष आर्चायको हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।

यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी )जिल्ला कमिटी सुर्खेतले पनि सोमवार यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ती भनिएको छ,‘ प्रश्नपत्र बाहिरिएको विषयमा सत्य तथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दछौँ । यदि कारवाही नगरेमा अखिल क्रान्तिकारी नै कारवाही गर्न बाध्य हुनेछ ।’ जिल्ला संयोजक उपेन्द्र सि. र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल सि. को संयुक्त हस्ताक्षर रहेको प्रेश विज्ञप्ती मार्फत चेतावनी दिएको हो ।
यता ईगरब्रीज माध्यामीक बिद्यालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै दर्शनखबरबाट प्रशारण भएको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै प्रश्नपत्र र उत्तर आउट गर्नमा आफ्नो बिद्यालयका कुनैपनि शिक्षक तथा कर्मचारीको संलग्नता नभएको बिज्ञप्ति मार्फत जनाएको छ ।


दर्शन खबर । २ जेष्ठ २०८०, मंगलवार