झन्डै ३ घण्टा विरेन्द्रनगर नगरपालिकाको मुल गेटमा तालाबन्दि

विरेन्द्रनगर नगरपालिकाको कार्यालयको मुल गेटमा तालाबन्दि गरिएको छ । मँगलवार दलितका लागि दलित आन्दोलन नेपालको आयोजनामा आफ्ना ८४ बुँदे माग राख्दै मध्यान्ह १२ बजे देखि झन्डै ३ घण्टा नगरपालिकाको मुलगेटमा तालबन्दि गरि नारावाजि गरिएको हो ।

दलितका लागि दलित आन्दोलन नेपालका कर्णाली प्रदेश संयोजक खगेन्द्र सुनारको नेतृत्वमा आफ्ना विभिन्न ८४ बुदे मागहरु कार्यान्वयन गर्नु पर्ने भन्दै हामी सुकुम बासी हौ के तिम्रा दासी हौ, तिमी सुनको खाटमा हामी गिरि घाटमा, घाउमा लाउने मलम दे हामीलाई कापि कलम दे, दलितको पैसा झोलामा हामी इत्राम खोलामा जस्ता नारा लगाई नगरपालिकाको गेटमा नारा बाजि गरि मुल गेटमा ताला लगाएको थियो।


तपाईको प्रतिक्रिया