उपकुलपति निवास अगाडि कालो  ब्यानर सहित रिले अनसन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति निवास अगाडि विभिन्न पार्टी निकटका संयुक्त बिद्यार्थी संगठन  कालो  ब्यानर गेटमा टास गरि रिले अनसन बसेका छन् । नेपाल बद्यार्थी संघ, अनेरास्ववियु अखिल क्रान्तिकारी,अनेरास्ववियू, अखिल क्रान्तिकारी `विप्लव´,अखिल छैठौं र नेपाल क्रान्तिकारी बिद्यार्थी संगठन को संयुक्त आयोजनामा उपकुलपति नन्द बहादुर सिंहको निवास अगाडि कालो  ब्यानर गेटमा टास गरि रिले अनसन गरिएको हो ।

 

विरोध कार्यक्रममा अनेरास्ववियु म.प.बि.बि.अध्यक्ष प्रकाश रिजाल अखिल क्रान्तिकारी सुर्खेत जिल्ला ईन्चार्ज जगत शाहिको नेतृत्वमा गरिएको हो । बिद्यार्थीहरुका विश्वविद्यालयले चैत्र २९ गते सम्बन्धन सम्बन्धी आवेदन खुला गरिएको सूचना तत्काल रद्ध गरियोस्  र विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरुको गुणस्तर सुधारको अभियान थालनि गरियोस् जस्ता मागहरु रहेका छन् ।


तपाईको प्रतिक्रिया