सुर्खेत- नेपाल बार एसोसिएसन सुर्खेतले न्यायपालिकामा रहेको भष्ट्रचार विसंगतिको न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि दबाव मुलक कार्यक्रम गरेको छ । बरिष्ठ अधिबक्ता प्रेमध्वज शाहीको नेतृत्वमा विभिन्न मागहरु राखि दबाव मुलक कार्यक्रम गरिएको हो ।
दबाव मुलक कार्यक्रममा स्वतन्त्र न्यायपालिकाको रक्षा गरौ, न्यायलयभित्रको भष्ट्रचार बिकृति विसंगति अन्त्य गर, प्रधान न्यायाधीश नियुक्ति अभिलम्ब गर,संबैधानिक दायित्व पूरा गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित दबाव मुलक कार्यक्रम गरिएको हो । सुर्खेत जिल्ला अदालत र उच्च अदालतमा सम्रग न्यायपालिकामा रहेको भष्ट्रचार विसंगतिको न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि दबाव मुलक कार्यक्रम गरेको जनाइएको छ ।


दर्शन खबर । १९ बैशाख २०८०, मंगलवार