
बराहताल गाउँपालिका सुर्खेतका खशी काठमाडौँ लगिएको छ । बराहताल गाउँपालिका वडा नम्वर ५ मा रहेको सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले बराहताल भित्र रहेका खशिहरुलाई एकै स्थानमा संकलन गरि काठमाडौँ पठाएको हो । यो वर्षमात्रै २ हजार दुई सय पचास वटा खशी निर्यात गर्ने लक्ष्य राखेको सहकारीले हाल सम्म ५ सय ८८ वटा खशी निर्यात गरिसकेको छ । बराहताल गाउँपालिकाका कृषकहरुलाई बाख्रापालन ब्यासायमा सहयोग गरि आत्म निर्भर बनाउने लक्ष्य राखेको बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले बताउनुभयो ।
साना कृषकहरुले उत्पादन गरेका खशी बाख्राहरुको बजारीकरण गर्ने उद्देश्यले सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले विगत ३ वर्षदेखी काम गरिरहेको सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष चन्द्रा गौतम थापाले बताउनुभयो । स्थानिय कृषकहरुले उत्पादन गरेको उत्पादनलाई एक द्वार प्रणालीबाट विक्री गर्ने लक्ष्यका साथ काम गरिहरहको उहाँले बताउनुभयो । विगतका दिनमा कृषकहरुले तौलेर बिक्री गर्ने नहुँदा कृषक मारमा पर्ने गरेको हेफर ईन्टरनेशनल नोपाल कोहलपुर मार्केट कलष्टर नेपालगंजका कार्यक्रम अधिकृत प्रदिप शर्माले बताउनुभयो । हेफरले सहकारीहरुका संस्थागत विकासका लागी पनी काम गरिरहको शर्माले बताउनुभयो । किसानले आफुले उत्पादन गरको उत्पादनको मुल्य निर्धारण गर्न पाउदाँ खुशी भएको बताए । 


दर्शन खबर । १३ आश्विन २०७६, सोमबार