सुर्खेत । प्रस्तावीत भेरिगङ्गा जेसिजले सप्ताहब्यापी कार्यक्रम अन्तरगत आईतवार लागू औषध विरुद्धको जनचेतनामुलक कार्यक्रम गरेको छ ।
शुक्रवार देखी सुरु भएको साताब्यापी कार्यक्रम अन्तरगत आईतवार लागू औषध विरुद्धको जनचेतनामुलक कार्यक्रम गरिएको भेरिगंगा जेसिजका कानुनी सल्लाहाकार आजको कार्यक्रमका संयोजक रमेश शर्माले जानकारी दिए । जनचेतनामुलक कार्यक्रम अन्तरगत युवाहरुलाई लक्षीत गरि लागुऔषधको बेफाईदा तथा दिघृकालिन असरहरुको बारेमा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक निरोज चौलागाईले जानकारी दिएका थिए ।
प्रस्तावीत भेरिगङ्गा जेसिजका महासचिव गोपी प्रशाद शर्माले समाज सेवामा सबै युवाहरु हातेमालो गरि अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रमका सहभागिहरुले यस्ता कार्यक्रम आश्यक रहेको बताएका थिए । असोज १९ गते सम्म विभिन्न कार्यक्रम संचालन हुने भेरिगंगा जेसिजका कानुनी सल्लाहाकार रमेश शर्माले जानकारी दिए । कार्यक्रमा भेरिगंगा जेसिजका प्रतीनिधी तथा सारोकारवालाहरुको सहभागिता रहेको थियो ।



दर्शन खबर । १२ आश्विन २०७६, आईतवार