
मुगु । मुगुको सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट उपाध्याय गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको जिल्ला प्रहरीका कार्यालय मुगुले जनाएको छ ।
आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
शिलापत्रबाट


दर्शन खबर । १३ आश्विन २०७६, सोमबार