नेपालगन्ज हुदै भारत जाने जमुनाहा सीमा नाका दुई दिन बन्द

नेपालगन्ज हुदै भारत जाने जमुनाहा सीमा नाका दुई दिन बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको चुनावका लागि नाका बन्द गर्न लागिएको हो ।

मङ्गलवार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरूपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएका बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताउनुभयो ।

चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले दुई दिन सीमा नाका बन्द गर्न लागिएको हो । नाका बन्द अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया