आधारभुत कम्प्युटर सीप सिकाउँदै  वडा सरकार


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ ले विद्यार्थीहरुलाई निशुल्क आधारभुत कम्प्युटर सीप सिकाउन शुरु गरेको छ ।
प्रविधिको युगमा हरेक क्षेत्रमा कम्प्युटर सीप आवश्यक पर्ने भन्दै लक्षित वर्ग अन्तरगत वडा नम्बर ६ भित्रका विद्यार्थीहरुलाई तिन महिने आधारभुत तालिम आज (सोमबार) देखि शुरु गरेको हो ।
सुर्खेत कम्प्युटर इन्ष्टिच्युट तथा कोचिङ सेन्टर प्रालिसँगको समन्वयमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई कम्प्युटर सीप सिकाउन लागिएको वडा नम्बर ६ का अध्यक्ष जनक रावलले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रावलले आफ्ना वडाभित्र विद्यार्थीहरुलाई युग अनुसारको शिक्षा दिनेगरी योजना निर्माण गरिने बताउनुभयो । सक्रिय भएर कप्युटर सम्बन्धिका ज्ञानहरु सिक्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
विद्यार्थीहरुलाई तिन महिने आधारभुत कम्युटर सम्बन्धि तालिमसँगै आगामी बर्षदेखि अन्य कम्प्युटर सम्बन्धी सीप सिकाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सुर्खेत कम्प्युटर इन्ष्टिच्युट तथा कोचिङ सेन्टरका संचालक अमृत कंडेलले विद्यार्थीहरुलाई आवश्यक पर्ने गरिखान सक्ने सिपहरु सिकाउन आवश्यक रहेको भन्दै स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
उद्घाटन समारोहमा वडा नम्बर ६ वडा सदस्यहरु कमला नेपाली, मिरा पन्त लगायतको सहभागिता रहेको थियो । तिन महिनासम्म संचालन हुने कम्युटर सम्बन्धि तालिमको मुख्य प्रशिक्षकमा भिम बहादुर केसी रहनुहुने छ । कार्यक्रमको सहजिकरण प्रालिका प्रवन्ध निर्देशक खगिसरा शाहीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया