पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम भ्रमणमा निस्किने


चन्द्रा कंडेल,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किने भएका छन् । उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ ।
पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको बताए ।
पूर्वराजासँगै पूर्वरानी पनि भ्रमणमा सहभागी हुनेछिन् ।

तपाईको प्रतिक्रिया