
चन्द्रा कंडेल, सुर्खेत । नेकपा एमाले कर्णालीकोे प्रमुख सचेतकमा टेकराज पछाई चयन भएका छन् । पूर्व सामाजिक विकासमन्त्री समेत रहेका पछाईलाई शुक्रबार बसेको एमालेको बैठकले दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रदेश सभामा यसअघि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक तोकेका थिए । माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का छन् भने कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट रहेका छन् ।


दर्शन खबर । ८ बैशाख २०८०, शुक्रबार