सुर्खेत क्षेत्र नम्वर १ का सबै सांसद मन्त्री बने


चन्द्रा कंडेल, सुर्खेत । गत मंसिर ४ गते भएको आम निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सबै मन्त्री बनेका छन् । २ वटा प्रदेशसभा निर्वाचित क्षेत्र रहेको यस क्षेत्रबाट गत मंसिर ४ गतेको आम निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामानेपाली कांग्रेसका पुर्ण बहादुर खड्का, प्रदेशसभा (क) बाट कांग्रेसकै खड्गबहादुर पोखरेल र (ख) बाट नेकपा माओवादीका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए ।
अहिले यी तीनै जना मन्त्री बनेका छन् । खड्का नेपाल सरकारको रक्षा मन्त्री बनिसकेका छन् भने (ख) बाट निर्वाचन माओवादीका जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार गठित नयाँ सरकारमा (क) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल पनि मन्त्री बनेका छन् । पोखरेल प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया