२० वर्ष भित्र भेरी किनारमा आधुनिक शहर निर्माण गरिसक्ने उपप्रधानमन्त्री खड्काको भनाई


सुर्खेत । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन् । शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए । उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने बताए ।
सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो ।
रक्षा एवम् कानुन,न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए । उनले गुरूयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए ।
उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने बताए । ञमानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौं, उनले भने, ञदेशका अन्य क्षेत्रले भेरी किनारको नयाँ शहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौं ।
उनले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिए । ञविकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,झ उनले भने, ञअहिले स्थानीय तहले गरेका विकास(निर्माणका कामहरू दीर्घकालीन छैनन् ।
उनले भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने बताए । आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं, उनले भने, ञबजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिदैन ।
भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए । उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए । उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाको शहर ११ ओैं शहर भएको बताए । ञअरू १० वटा नयाँ शहरको कार्यालय स्थापना गरेर काम गरिरहेका छौं,झ उनले भने, नयाँ शहरको ११ ओैं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरू गरेका छौं ।
सहसचिव अधिकारीले पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण हुने बताए । पहाडी जिल्लाहरूमा जनसंख्या कम छ, बसाइँ सराइ बढ्दो छ, उनले भने, ञयसको सन्तुलन मिलाउन भेरी किनारमा बन्ने नयाँ शहरले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने छ । सहसचिव अधिकारीले तीन वटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए । यो नेपालकै ठूलो शहर आयोजना हो, उनले भने, ञअरू नयाँ शहरजस्तो सानो भूगोलमा बन्ने खालको होइन् ।
भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीको लागतमा नयाँ शहर बन्नेछ ।

 

तपाईको प्रतिक्रिया