कर्णालीका नयाँ चार मन्त्रीले लिए गोपनीयताको शपथ


सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् । भने यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी नेकपा माओवादी केन्द्रकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकासमन्त्रीको रुपमा शपथ लिएकी छन् ।
उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
यसअघि कर्णाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सिनियर नेताहरूलाई बाइपास गर्दै समावेशीतालाई ध्यान नदिई मन्त्रीहरुलाई सरकारमा सिफारिस गरिएको विषयमा विवाद भएपछि बुधबार हुने भनिएको शपथ रोकिएको थियो । केन्द्रबाट नै सहमति भएपछि विवाद साम्य भएको हो ।

 

तपाईको प्रतिक्रिया