
सुर्खेत । जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमाथिको बेलिब्रिज भाँचिएको छ । आज दिउँसो मान्छेहरु हिँडिरहेकै बेला भेरी करिडोर अन्तर्गतको बेलिब्रिज भाँचिएको हो । जाजरकोट नलगाड नगरपालिका–१२ रुकुम पश्चिमको आठबिसकोटमा निर्माणाधिन बेलिब्रिज भाँचिदा ६ जना घाइते भएको जाजरकोट प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि दल्ली स्वास्थ्य शाखामा लगिदै रहेको जाजरकोट प्रहरीले जनाएको छ ।


दर्शन खबर । ७ बैशाख २०८०, बिहीबार