शुपथ मुल्य पसल द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

हुमबहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर २ स्थित सन्चालनमा रहेको जनक शुपथ मुल्य पसलले नयाँ बर्ष २०८० को अबसर पारी आफ्नो वडा मा रहेका अति बिपन्न ३ घरपरिवार लाई खाद्यान्न सामाग्री प्रदान गरेका छन ।
स्थानिय व्यावसायिक जनक शुपथ मूल्य पसलले आफ्नो वडा भित्र रहेका बिपन्न परिवार लाई सहयोगमा चामल,दाल,नुन ,तेल लगायत तरकारी खाद्यान्न सामग्री सहयोग प्रदान गरेका हुन ।
नयाँ बर्ष को अबसरमा ग्राहक बर्ग आफन्तजन साथिभाई इस्टमित्र लगायत सबैमा सुभकामना व्यक्त गर्दै गुर्भाकोट नगरपालिकाको वडा नम्वर २ का अतिविपन्न , दलित तथा अशक्त गरिबी परिवारलाई खाद्यान्न वितरण गरिएको जनक शुपथ मूल्य पसलका संचालक जनक ढकालले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा खिमानन्द ढकाल यसैगरी युवराज ढकाल निम बहादुर खड्का बेलमती बुढा उषा भण्डारी ढकलाल भण्डारी यज्ञ ढकाल नर बहादुर बिक लगायतको उपस्थित रहेको थियो ।
यसरी खाद्यान्न पाउँदा आयस्रोत न्यून रहेका परिवार खुसी भएका छन् । गुर्भाकोट नगरपालिका वडा न। २ पल्लो मालारानी बस्ने लक्ष्मि प्रसाद पोख्रेल , दह बस्ने रुपकली दमाई र देउतिडाडा बस्ने रिमा सार्कि परिवारलाइ प्रति परिवार एक बोरा चावल,एक प्याकेट नुन,एक बोतल तेल एक किलो दाल र पाँच किलो आलु बरावरको खाद्यान्न वितरण गरिएको उहाँकि श्रीमती अन्जु ढकालले बताईन् ।
जनक शुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामाग्री जस्तै चामल, दाल, नुन, तेल,पिठो, तरकारी लगायत कोल्डड्रीङ्क , सरसफाइ सामाग्रीहरु र स्टेसनरी सङ्गै मेकअपका सामाग्रीहरु होलसेल तथा फुटकर मूल्य मा बिक्रीवितरण भए सङ्गै अर्डर अनुसारको सामान होम डेलिभरी को ब्यबस्था समेत सन्चालनमा रहेको छ ।


तपाईको प्रतिक्रिया