उषा बालबाटिकाको अभीभावक दिवस तथा बार्षीक उत्सव सम्पन्न


सुर्खेतकै पहिलो निजी तथा गुठी बिद्यालय उषा बालबाटिका माध्यामीक बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षालाई जीवन उपयोगीका रुपमा लिनुपर्ने र सोही अनुसार अध्यापन गराउनु पर्नेमा जोड दिईएको छ ।
विगत ४२ वर्ष अघि स्थापना भएको यो विद्यालयले बुधबार ४२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा विद्यालयका बिद्यालय ब्यवस्थापन समीति अध्यक्ष सागर भुसालले शिक्षा विद्यार्थीलाई सर्टिफिकेट प्राप्त गर्नका लागि नभई सस्कार सस्कृति र जीवन उपयोगि सीपका रुपमा प्रयोग हुने गरी अध्यापन गराउन जरुरी भएको बताए । उनले सोही लक्ष्यलाई साकार बनाउने सोचका साथ विद्यालय परीवार लागी परेको बताउनुभयो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । विद्यालयमा मा हाल झन्डै १३ सय विद्यार्थीहरु अध्ययनरत छन ।
कार्यक्रमको अवशर पारेर २०७९को बोर्ड परीक्षामा कणर्ालीमै उत्कृट नतिजा ल्याउन सफल तिन जनालाई सम्मान गरीएको थीयो । जसमा छात्र तर्फ बिक्रान्त जङ बुढा र छात्रा तर्फ दिपा चपाई कणर्ाली प्रथम भएका थीए । त्यस्तै देब दर्शन सीङ कणर्ाली प्रदेश दृतिय भएका थीए, देब दर्शन भने २०७९ जेठ २७ गते जाजरकोट जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाएका थीए। उक्त दुर्घटनामा ज्यान गुमाउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए । बिद्यालय परीवारले उनको स्मरण गर्दै देबदर्शनको नाममा छात्रवुतिको पनि घोषणा गरेको छ । साथै वीरेन्द्रनगर छ निवासी बुद्धिजिवी तथा समाजसेवि कमलापति कंडेलले आफ्नी आमा मनिकणर्ा कंडेलको नाममा रु. पाँच लाख बराबरको अक्षय कोषको समेत स्थापना गर्नुभएको छ ।
कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक सुशील भुषालले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो भने, विद्यार्थीले बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी,नृत्य सँगै शैक्षिक प्रदर्शनी पनि गरेका छन् ।
विद्यालयका अध्यक्ष सागर भुसालको अध्यक्षता एवं वीरेन्द्रनगर नगरपालीका का उपप्रमुख निलकन्ठ खनालको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न भएको थियो । भने प्याप्सन केन्द्रीय उपाध्यक्ष नैन सीङ खत्री, नगर सीक्षा प्रमुख धीरेन्द्र प्रसाद शर्मा जील्ला शीक्षा समन्वय ईकाई प्रमुख महेश दत्त देबकोटा लगयातको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया