
महोत्तरी । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुव्र्यवहार भएको हो ।
स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
यही चैत २३ गते बिहान नदाफलाई ले जनाएको छ । मिश्रले ज्यालाका लागि बोलाएर कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरेका हुन् ।
प्रहरीले मिश्रलाई पक्राउ गरी उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको छ । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान नदाफले निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला माग गरेका थिए ।


दर्शन खबर । २९ चैत्र २०७९, बुधबार