
हुम बहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका साबिक मालारानी सहारे र धारापानी गाबिसमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सेवाग्राही लाई सास्ती भएको छ ।
नेपाल टेलिकमले प्रभावकारी रुपमा सेवा दिन नसक्दा यस क्षेत्रका नागरिक अधिकांस समय सञ्चार बिहीन हुने गरेका छन् । मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र छैन, यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत समस्या परेको छ । गुर्भाकोट को १,२,३,४ र ५ पर्ने वडा का टोल भित्रका स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको गतिलो पहुँच छैन । यहाँ बर्षाद समय होस या बिहान साझ राती झरी बादल धेरै गर्मी लगायत हावाहुरी लाग्दा समेत इमर्जेन्सी फोन का लागि कसैलाइ कल गर्नु परेमा माफ गर्नु होला तपाईं डायल गर्नु भएको नम्बर मा अहिले सम्पर्क हुन सकेन केही समय पछि पुनः सम्पर्क गर्नु होला, भन्ने आवाज यस क्षेत्रका सेवाग्राहीले पटक पटकसुन्दा दिक्क भएका छन । टेलिकमले नियमित टावर र बीटीएसको मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्ने लगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयहरुले गुनासो गरेका छन् । टेलिफोन र इन्टरनेट र वैद्युतकै कारण यहाँका सेवाग्राहीले सरकारी तथा निजि सेवा लिन सास्ती व्यहोर्नु परेको छ । यस क्षेत्रमा आवश्यकताअनुसार टावर क्षमता तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट बञ्चित भएका छन् । गुर्भाकोट वडा नम्वर १ गोठेरी मा रहेको नेपाल टेलिकम को टावर को बिगत २ बर्ष पहिले नै विद्युत लाइन सहितको टावर बन्ने भएको ठेक्का प्रणाली अघि बढेता पनि हाल सम्म सोलार बाटै सन्चालन हुँदै आएको हुँदा सोलार ब्याट्रीको ब्याकअप कमिका कारण साझ देखि बिहान यस क्षेत्रमा कुनै पनि ईन्टरनेट सेवा भरपर्दो हुन सकेको छैन । फोन कल को समस्या सङ्गै थ्रीजी को पहुच त झनै प्रयोग मा नै ठूलो समस्या परेको छ । यस क्षेत्रकोे नेटवर्क बारे स्थानीयले सम्बन्धित निकाय लाई जति जानकारी दिएता पनि कुनै पनि सुनुवाइ नभए पछि निर्बाचित जनप्रतिनिधि लाई सामाजिक संजाल मार्फत यस बारे चासो दिन सुझाव दिदै आएका छन् ।


दर्शन खबर । २८ चैत्र २०७९, मंगलवार