ब्राउनसुगर सहित पदमपुरबाट एक जना पक्राउ

सुर्खेत । लागु औषध ब्राउनसुगर सहित वीरेन्द्रनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० पदमपुर बाट बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्वर १६ जयसपुर बस्ने बर्ष अन्दाजी १८ को ईमरान साहलाई प्रहरीले पक्राउ गरेको हो ।
लागू औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले ५ सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया