
सल्यान । नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत सल्यानको उत्तराखण्ड कुमाख र सिद्धकुमाखमा घनिभुत तरीकाले अभियान अघी बढीरहेको थियो । केन्द्रिय तहमा फागुन ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गरे लगत्तै यस क्षत्रमा अभियानका कामहरु पालीका हुदै वडा तह र टोल टोल सम्म लक्ष अनुसारनैं संगठन शुदृढीकरण र बिस्तारको काम अघी बढीरहेको थियो ।
केन्द्रिय स्प्रीट अनुसारनैं पालीका तहमा चैत्र २० देखी २५ सम्म समिक्षा कार्यक्रम संपन्न गरीसक्नु पर्ने पुर्ब निर्धारीत कार्यक्रम अनुसारनैं समिक्षा कार्यक्रमहरु दुइवटै पालीकामा सम्पन्न भएका छन् । संगठन सुद्धीढीकरण र बिस्तार अभियान अन्र्तगत अभियानले निर्दीष्ट गरेका कार्यक्रमहरु अन्र्तगत सदस्यता नकिरण, नयांँ सदस्यता बितरण, बैठक, भेला प्रशीक्षण जनभेटघाट, अन्य पार्टीवाट पार्टी समायोजन एबं घरदैलो अभियानका कार्यहरु घनिभुत रुपमा संपन्न भएका छन । मिसन ग्रासरुट कार्यक्रममा नियमित रुपपमा संचालन गर्नु पर्ने बताउँदै , कार्यक्रम राम्रो भएको र यस कार्यक्रमको संचालन गर्दा यसको प्रभावकारीता लाई जनाता सम्म लैजान समयको अपुग हुने र यो कार्यक्रम निरन्तर रुपमा संचालन गर्न स्थानियको कार्यकर्ताको सुझाव रहको छ ।
यस अभियानको क्रममा अन्य पार्टीबाट समेत केही नेतृत्व तहमा क्रियासील ब्यक्तीत्वहरु नेकपा (एमाले) मा प्रबेश गरेको स्थिती छ । केन्द्रिय प्रतिनिधीको रुपमा ठम्मर बिष्टले त्यस क्षत्रको नेतृत्व गरीरहेका थिए । समिक्षात्मक बैठकमा बोल्दै नेकपा एमालेका नेता ठम्मर बिष्टले देश निर्माणमा अन्य पार्टीवाट जनताले आसा मारीसकेकाले बलीयो पार्टी निर्माण मार्फत राष्ट निर्माणको संकल्प पुरा गर्ने अबिभारा नेकपा (एमाले) को कांधमा आउने भएकोले अभियानले सगालेका उपलब्धीलाई युद्ध स्तरमा निरन्तरतामा अगाडी बढाउन निर्देशन दिएका छन् । उक्त समिक्षा कार्यक्रममा प्रदेश प्रतिनिधी, जिल्ला प्रतिनिधी, टोल प्रतिनिधीहरु लगाएत पार्टी सदस्यहरुको बाक्लो उपस्थिती थियो अध्यक्षता क्रमश दुबै पालीकाका अधयक्षहरु भैरब बहादुर श्रेष्ट र टोप बहादुर बुढाथोकीले गरेका थिए ।


दर्शन खबर । २६ चैत्र २०७९, आईतवार