
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले देश माओवादीको एजेण्डामा अघि वढिरहेको बताएका छन् । उनले भने ‘माओवादी नेतृत्वमा प्राप्त राजनैतिक उपलब्धीलाई संस्थागत गर्नु पर्ने दायित्व छ, अहिले देश माओवादी आन्दोलनवाट प्राप्त उपलब्ध राजनैतिक एजेण्डा कार्यान्वयनमा छ’ ।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशनलाई उद्घाटन गर्दे मल्लले राज्यका विभिन्न निकायमा रहेका कर्मचारीले राजनैतिक चेतना हुुन जरुरी भएपनि जनतालाई छिटोछरितो , भरपर्दो र गुणस्तरीय सेवालाई पहिलो पाथमिकतामा राखेर काम गर्नु पर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा संघीयता आएको भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आउन नसकेको उनको भनाई रहेको छ । उहाँले भन्न्ुभयो अहिलेपनि कर्मचारी तथा वैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रिकृत मानसिकता लादिरहेको अवस्था छ । ‘अहिलेसम्म राजनैतिक संघीयता आएको छ । राजनैतिक संघियतालाई अब बित्तीय र प्रशासनिक रुपमा कार्यान्वयन गर्नु आबस्यक छ ।’ शर्माले भने, ‘कर्मचारीले आफ्नो सेवा सुबिधा अनुसार र जिम्म्ेवारी अनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटोछरितो, गुणस्तरीय र प्रभाबकारी बनाउन लाग्नुपर्छ ।’ उनले सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघसंगठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र
कणाली प्रदेश अध्यक्ष बिमला केसी , माओवादीका यूवा नेता रामदिप आचार्य,संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापा लगातयतले शुभकामना मन्तब्य राख्नु भएको थियो । को आतिथ्यथामा अधिवेशन सम्पन्न भएको छ । यसै विच प्रथम अधिवेशनले तारा प्रशाद रिजालको अध्यक्षतामा ३३ जना प्रदेश काय समिति सवसहमती रूपमा निवाचित गरिएको छ । जसको उपाध्यक्ष दुगां प्रशाद आचार्य, ऋषिराम केसी , जय बहादुर थापा, अमृत प्रशाद न्योपाने ररहेका छन् । यस्तै सचिव भरत बहादुर राना, सह सचिव ः रामलाल देवकोटा ,कोषाअध्यक्ष ः लक्ष्मी सिंह र सह कोषा अध्यक्ष ः हरिनी नेपाली रहनु भएको छ । सदस्यमा रूतु सोनी , सुमन बस्नेत,थलराज डि.सी., वीर वहादुर डागी , लक्षमण कुमार वली ,ठगेन्द धती, शेर बहादुर बस्नेत, अभिभरा शाही , हेमन्त रावल,निलम सज्याल,कण प्रशाद बराल, पंखराज सज्याल, विरेन्द शाहि , रेनुका चलाउने ,प्रयागराज जैसी,चन्द् सुनार,तुलसि शाहि,वेद प्रशाद सज्याल,सन्देश चन्द ,लक्ष्मी रावल ,जीवन पुन,हिरा पुन ,,निलम सज्याल सर्वसम्मत चयन भएका हुन् । “जनताको स्वास्थ्य सुरक्षा,हाम्रो प्रतिवद्वता,सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता “ नाराका साथ सम्पन्न कणाली प्रदेश प्रथम अधिवेशनले समसामयिक स्वास्थ्य क्षेत्रका प्रस्ताव पारित गरेको छ ।


दर्शन खबर । २६ चैत्र २०७९, आईतवार