एकीकृत शिक्षक संगठन नगर कमिटीले दियाे सामुहिक राजिनामा

दुर्गा विसि । सल्यान । बनगाड कुपिण्डे नगरपालिका माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश, जिल्ला र नगरपालिकाका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् । जिल्ला तहका शिक्षक नेता नोखराज विएम, गुमान सिं विष्ट ,नगर संगठनका नगर कमिटी अध्यक्ष खुम प्रकाश वस्नेत लगाएत दर्जन भन्दा बढिले नेकपा माओवादी केन्द्रको पार्टी सदस्य र शिक्षक संगठनको सदस्यता त्यागेका विज्ञप्ति मार्फत जानकारी गराएका छन् । शिक्षकहरुले राखेका माग सम्बोधन नभए र भखरै स्थायी भइ आएका आफ्ना संगठनका शिक्षकहरुको पदस्थापनामा असन्तुष्टि देखाउदै उनिहरुले सामुहिक राजिनामा लेखेका छन् । स्थानीय सरकार नेकपा माओवादी केन्द्रले नेतृत्व गरे पनि शिक्षकहरुका माग सम्वोधन नगरेको भन्दै उनिहरुले सामुहिक राजिनामा दिएका हुन् ।


तपाईको प्रतिक्रिया