
हुमबहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर २ मा तिन महिने सिलाई कटाई तामि सुरु भएको छ । वडा नम्वर २ को आर्थिक सहयोग र नगर उद्योग बिकास तथा सहकारी शाखाको सहकार्य र प्रेम सिलाइकटाई प्रशिक्षण केन्द्रको आयोजनामा तिन महिने निशुल्क सिलाइकटाई तालिम सुरु गरिएको हो । औधोगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार भन्ने नारा सहित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमले बेरोजगार महिलाहरु लाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै स्वरोजगारी सृजना गर्ने उद्देश्यले तालिमको आयाजना गरिएको हो । प्रमुख अतिथी समेत रहेकी कार्यपालिका सदस्य राधा ढकालले लक्षित वर्गको माग अनुसार उक्त तालिमको आयोजना गरिएको बताईन् ।
तालिमका सहभागिहरुले मेहनत गरेर अगाडि बढेमा उनिहरुको आयआर्जनमा आर्थिक वृद्धि हुने समेत ढकालले उल्लेख गरिन । उद्यम बिकास सहजकर्ता अम्मर वलिले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहे भन्दैै महिलाहरु सिपको कारणले पछाडि नपरुन भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताए ।
वडा सचीव गणेश डिसि प्रशिक्षण रत्नकला बिक समाजसेवी शुरेन्द्र प्रसाद ढकाल लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रम संचालन खुम बहादुर बिकले गर्नु भएको थियो । उक्त सिप सिकाई तालिममा २० जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।


दर्शन खबर । २३ चैत्र २०७९, बिहीबार