सिम्तामा १५ सैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा


सुर्खेत । सिम्ता गाउँपालिकामा निर्माणाधिन १५ सैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडा नम्वर ४ बजेडीचौरमा २०७७ साल मंसिर महिनामा शिलन्यास गरिएको अस्पतालको निर्माण कार्य अन्तीम चरण पुगेको हो ।
नेपाल सरकारका पुर्व स्वास्थ तथा जनसख्या राज्य मन्त्री नवराज रावत तथा सिम्ता गाउँपालिकाका संस्थापक अध्यक्ष कविन्द्र कुमार केसि सहितको टोलिले शिलान्यास गरेको बजेडिचौरको पुरानो विद्यालय नजिकै रहेको विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न १५ सैयाको अस्पताल भवन निर्माण सम्पन्न हुने चरणमा रहेको छ । अस्पतालको भौतिक पुर्वाधारको काम सम्पन्न हुने क्रममा रहे संगै अस्पतालका लागी आवश्यक दरवन्दीका लागी सम्वन्धीत मन्त्रालयमा माग गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले बताए । अस्पतालबाट विश्वसनिय सेवा दिने गरी योजना निर्माण गरिएको बताउँदै अध्यक्ष चन्दले पहँुचका हिसावले पालिकाका सबै वडाका नागरिकहरुलाई पाईक पर्ने भन्दै अस्तालले छिट्टै सेवा दिने जिकिर गरे ।
हाल १ वटा एम्बुलेन्स संचालन गरि स्वास्थ्य सेवा दिईएकोमा अस्पताललाई लक्षित गरी अर्को एक वटा एम्वुलेन्स खरिदका लागी प्रक्रिया सुरु गरिएको गाउँपालिका अध्यक्ष चन्दले जनाकारी दिए ।
अस्पताल निर्माण संगै सेवा प्रवाहको तयारी तथा अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालन गरे पछि सिम्ताका नागरिक अब स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने दिन हट्ने गाउँपालिका अध्यक्ष चन्दको भनाई रहेको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा करिब ४ सय स्थानीय तह र सात वटै प्रदेशमा गाउँ तथा नगर अस्पताल नर्माणका लागी बजेट विनियोजन गरि अस्पताल निर्माणको लागि काम अघी बढाईएको थियो ।


तपाईको प्रतिक्रिया