हुम बहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर १ कल्चे निवासी बाल्धर बिकको ४ बर्षे छोरा आशिष बिक लाई ब्लड क्यान्सर हुदा उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् । आशिष को उपचारको लागि १० लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने बालकान्ति अस्पताल काठमाडौले जनाएको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जुटाउन मुस्किल भएको परिवार श्रोतले जनाएको छ । “आर्थिक श्रोत कमजोर भएको हुदा हामिले त्यत्रो पैसा जुटाउन नसक्दा उपचार नगरी घरमै राखेका छौँ, त्यसैले हामी सबै इष्टमित्र आफन्त मिलेर छोराको उपचारको लागि सक्दो रकम सहयोग गर्न सबै सँग सहयोग मागिरहेका छौं” आशिष का बुवा बाल्धरले भने । “भारत देखि उपचार गर्दै सुर्खेत नेपालगन्जका विभिन्न हस्पिटलमा चेक जाँच गर्दै काठमान्डौँ बालकान्ती अस्पताल सम्म पुग्दा अलिअलि साथमा भएको रकम पनि सकियो र रोग पनि ब्लड क्यान्सर पुष्टि भयो ” उनले भने । पैसा नहुदा अस्पतालमा भर्ना गर्न समेत नसकिएको भन्दै उपचारमा भर्ना सहित १० लाख रुपैयाँ सम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको उनले बताए । बच्चाको उपचारका लागी धेरै पैसा लाग्ने भएका कारण आफुहरुको सबै सबै जग्गा बेच्दा पनि संकलन हुँदैन भन्दै गुनासो बाल्धरले व्यक्त गरे । आषिशको उपचारमा सहयोग गर्न सबैलाई परिवार श्रोतले आग्रह गरेको छ । सहयोग गर्न इच्छुक महानुभाबले राष्ट्रिय बाणिज्य बैंक मेहलकुना शाखा हुम बहादुर कार्कीको खाता नम्वर ११९००२९४५४१० मा सहयोग रकम जम्मा गरी सहयोग गर्न पारिवारले आग्रह गरेका छन् । सहयोगका लागी ९८४८२०९५९१ म समेत सम्पर्क गर्न पिडित परिवारले अनुरोध गरेका छन् ।


दर्शन खबर । १७ चैत्र २०७९, शुक्रबार