केन्द्र सरकारमा कर्णालीबाट ३ जना मन्त्री बने


सुर्खेत । कर्णाली प्रदेशबाट केन्द्र सरकारमा तिनजना मन्त्री नियुक्त भएका छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विस्तार गरेको मन्त्री परिषद्मा कर्णाली प्रदेशबाट तिनजना मन्त्री बनेका छन् । जसमा सुर्खेतबाट नेपाली कांग्रेसका पुर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, जाजरकोटबाट नेकपा माओवादीका शक्तीबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिचाई मन्त्री र सल्यानबाट नेकपा एकिकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनेका हुन । यस भन्दा पहिलो प्रचण्ड नेतृत्वको सरकारमा कर्णाली प्रदेशल कुनैपनी मन्त्रालय नपाएको भन्दै आलोचना समेत भएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल परराष्ट्र मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बनेका छन् ।
यता नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री, जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

 

तपाईको प्रतिक्रिया