सिपी कार्की
१८ देखि ४१ बर्ष सम्मका युबाहरुको ब्याक्तित्व र नेतृत्व बिकाश गर्दै गरेको भेरिगङ्गा जेसिज (P) ले जेसिज सप्ताहब्यापी कार्यक्रम २०७६ यहि मिती २०७६ असोज १० देखी १९ गते सम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।
कार्यक्रमको सुरुवात असोज १० गते शुक्रबार डेङु नियन्त्रण, सेनिटरी प्याड निर्माण सङ्गै ट्राफिक सम्बन्धि सचेतता कार्यक्रम गरेको थियो ।
दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले अस्थाई ट्राफिक प्रहरी पोस्ट छिन्चु सङ्ग सहकार्य गर्दै आज दोस्रो दिन ११ गते सनिवार स्लो बाइक रेस प्रतियोगिता र प्रतियोगिता का बिजेतालाई पुरस्कर समेत बितरण समेत गरेको छ । सो स्लो बाइक प्रतियोगितामा २० सहभागी रहेका थिए।
ती मध्य
प्रथम स्थान : क्षितिज राना
दितिय स्थान : रमेश प्रसाद शर्मा
तेस्रो स्थान : सिपी कार्की
चौथो स्थान : भुपेन्द्र बहादुर सिंह
पाचौं स्थान : कृष्ण राज भारती
छैटौं स्थान : खगेन्द्र राज गुरु
र सातौ स्थान : गणेश बहादुर वली ले ल्याउन सफल भएका छन ।
तेस्तै अबका दिनमा भेरिगङ्गा जेसिजले सप्ताहब्यापी कार्यक्रममामा लागू औषध सचेतना, रक्तदान स्वास्थ शिबिर, उद्घोषण नेतृत्व बिकाश तालिम र स्थानिय सरकार सङ्ग अन्तरक्रिया कार्यक्रम गर्ने जेसिजका सयोजक गणेश बहादुर वलि ले जानकारी दिए ।
निर्मला शाहिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संचालन भने जेसिजका महासचिव गोपी शर्मा गरेका थिए ।


दर्शन खबर । ११ आश्विन २०७६, शनिबार