गुर्भाकोट २ का किसानहरुलाई कृषि औजार हस्तान्तरण


हुम बहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर २ का कृषकहरुलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ ।
बिहिवार हरियाली कृषि बजार सहकारी संस्था लिमिटेडकोे समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत मकै ब्लक कार्यक्रम र कृषि बिकास निर्देशनालयको एक कार्यक्रममा किसानहरुलाईलाई ५० प्रतिशत उपकरण हस्तान्तरण गरिएको हो ।
प्रमुख समेत रहेकी गुर्भाकोट नगर कार्यपालिका सदस्य राधा ढकालले कृषि औजार तथा उपकरण हस्तान्तरण गरेकि हुन् ।
परियोजना अन्तरगत ३ जना किसानलाई मिनिटिलर, १ जना किसानलाई कम्बाइन मिल, स्प्रे टंकी ५ वटा, कर्न सेलर ६८ वटा, ज्याप पलान्टर १ वटा, सुपर ग्रीन ब्याग ४० वटा ८० किलो हाइब्रेड मकैको बिउ लगायत बिषादी उपलव्ध गराईएको थियो । कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रममा बाल्दै सहकारीका अध्यक्ष मोति प्रसाद चपाइले अनुदानमा उपलव्ध गराएका औजार र उपकरणको सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताए ।

 

तपाईको प्रतिक्रिया