कर्णालीबाट पूर्णबहादुर रक्षा र प्रकाश ज्वाला पूर्वाधार मन्त्री बन्दै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ४ बजे मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । कर्णाली प्रदेशबाट २ जना मन्त्री बन्ने पक्का पक्की भईसकेको छ । सुर्खेतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य तथा नोली कांग्रेसका पुर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री र सल्यान जिल्लाबाट निर्वाचित तथा नेकपा एकीकृत समाजवादीका उपपमहासचिव प्रकाश ज्वाला भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया