लागु औषध सहित चार जना पक्राउ

लागु औषध सहित चार जना पक्राउ परेका छन् । बुधबार राती प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले धनगढी २ त्रिनगर भन्सार नजिक बाट दई जना पक्राउ गरेको हो । कञ्चनपुर भिमदत्त नगरपालिक ६ बस्ने बर्ष १८ को निराजन शाह सहित दुई जनाको साथबाट २ ग्राम लागु औषध खैरो हेरोईन सहित पक्राउ गरेका हुन् ।

यस्तै विहिवार दिउसो कञ्चनपुर,भिमदत्त न.पा. १८ भगतपुर बस्ने रोहित चौधरी र सोही ठाउँ बस्ने बराहुल चौधरीलाई पनि १.२८ ग्राम लागु औषध खैरो हेरोईन सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया