हुर्के – जामु कुईने सडक कालोपत्रेका लागि ठेक्का आह्वान

फाईल फोटो

सुर्खेत । बराहताल गाउँपालिकामा पर्ने हुर्के देखी जामु सडक खण्ड कालोपत्रे गर्न मंगलवार ठेक्का आह्वान गरिएको छ । भौतिक पूर्वाधार निर्देशनालयले हुर्के, जामु, कुईने कच्चि सडक खण्ड कालो पत्रे गर्न ठेक्का आह्वान गरेको हो । केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको करिव १ अर्ब समपूरक बजेटमा ठेक्का आह्वान गरिएको पुर्वधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । हुर्के व्युरेनि, माझघाट, चेपाङ, जामु सडकखण्ड कालोपत्र गर्नका लागी ठेक्का आह्वान गरिएको निर्देशनालयले जनाएको छ । सडक कालोपत्रे भएपश्चात हुर्के देखी केउरेनी, साजघाट, कुटा, चेपाङ्ग, ईखेनी, तरंगा लगाएत जामु कुईने सम्मको बस्ती प्रत्यक्ष रुपमा लाभान्वीत हुने छन् । सुर्खेत क्षेत्र नम्वर २ प्रदेशसभा ख का प्रदेश सभा सदस्य विन्दमान विष्टको पहलमा सडक कालोपत्रेका लागी प्रक्रिया सुरु भएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया