कान्छाराम कन्स्ट्रक्सनको बदमासी, वीरेन्द्रनगरका विभिन्न सडक अलपत्र (भिडियो सहित)


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न सडकहरु निर्माण गर्ने ठेक्का पाएको कान्छाराम कन्स्ट्रक्सनले सडक अलपत्र पारेको छ ।
वीरेन्द्रनगरका १३ ओटा सडक खण्ड निर्माण गर्ने तथा रंगरोगन गर्ने ठेक्का पाएको कन्स्ट्रक्सनले सडकहरु अलपत्र पारेको हो ।
भौतिक पूर्वाधार विकास निर्देशनालय संग २०७८ साल भदौ १७ गते विभिन्न सडकहरु कालोपत्रे गर्ने भनेर १२ करोड ९४ लाख ३६ हजार ४६२ रुपैंयामा सम्झौता गरेको थियो । सम्झौता अनुसार १८ प्रतिशत भुक्तानी भईसकेको निर्देशनालयले जनाएको छ । जसमा सिमल रुखदेखी महिला छात्रावास सम्मको ५ सय २५ मिटर, जिल्ला अदालत देखी मुख्यमन्त्री कार्यालय जाने सडक ४ सय ५५ मिटर, बन डिभिजन तथा घरेलु कार्यालय अगाडीको सडक, प्रदेश राजधानी सहरी सडक अन्तरगतको गुरुङ्गचोक देखी अगाडीको सडक, लगाएतका सडकहरु निर्माण गर्नका लागी निर्देशनालय र कन्स्ट्रक्सनबीच २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो तर सम्झौताको म्याद सकिदाँ पनी सडकहरु कालोपत्रे तथा रङ्ग रोगन हुन सकेका छैनन् । सम्झौताको अवधी समाप्त हुदाँ समेत १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यता कान्छाराम कन्ट्रक्सनका संचालक तथा प्रतिनिधीसभा सदस्य समेत रहेका पुर्ण बहादुर तामाङ्गले बैशाखको महिना भित्र काम सक्ने बताए । यस विषयमा पुर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले समयमै काम सम्पन्न गर्नका लागी पत्राचार तथा ताकेता गरिरहदाँ पनी कन्ट्रक्सनले काम नगरेको निर्देशनालयका प्रमुख रामशरण आचार्यले जानकारी दिए । सम्झौता अवधी सम्पन्न भएपश्चात ठेक्का तोड्ने जानकारी दिदैँ स्पष्टीकरणका लागि पत्राचार गरिएको निर्देशनालयका प्रमुख आचार्यले जानकारी दिए ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया