मिसन ग्रासरुट अभियान सल्यानको उत्तराखण्डमा घनिभुत रुपले अघी बढ्दै


सल्यान । मिसन ग्रासरुट अन्र्तगत सल्यानको उत्तराखण्ड कुमाख र सिद्धकुमाखमा घनिभुत तरीकाले अभियान अघी बढीरहेको छ । सल्यानको सुदुर उत्तरमा रुकुमसंग सीमा जोडीएको सल्यानकै विकट भुभागमा गनीन्छ । सल्यानको सबैभन्दा ठुलो लेख कुमाख लेक वाट दुइवटै पालीकाको नमाकरण गरीएको यस क्षत्र समुद्र सतहदेखी जिल्लाकै उच्च क्षत्रमा रहेको धार्मीक एबं पर्यटकीय हीसाबले समेत संभावना बोकेको ठाउको रुपमा लीइन्छ । कुमाख लेक समुद्र सतहदेखी २५३७ मिटरको उचाइमा अवस्थित छ । केन्द्रिीय तहमा फाल्गुण ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गरेपनि यस क्षत्रमा फाल्गुणको दोश्रो हप्तामा मात्र अभियान पालीका हुदै वडा तह र टोल टोल सम्म अघी बढीरहेको छ । अभियानको लक्ष अनुसारनैं संगठन शुदृढीकरण र बिस्तारको काम धमाधम भैरहेको छ । पार्टी सदस्यको नबिकरण, नयां सदस्यता बितरण लगाएतका कामहरु पालीकाका सम्पुर्ण वडामा धमाधम चलीरहेको छ । कमीटी गठन, पुर्नगठन एबं कमिटी नबनेका ठाउमा भेला, सम्मेलन मार्फत कमिटी निर्माण गर्ने काम पनि चलीरहेको छ । यस्तै अभियानमा पार्टीका जन संगठनको रुपमा क्रियासील जबस, मोर्चाका कामहरु अघी बढीरहेका छन । शीक्षक, बिद्यार्थी, कर्मचारी, बुद्धीजिबी , ब्यबसायी, किसान, दलीत, महीला,युवा, जनजाती लगाएतका जनसंगठनका कामहरु पालीका तहवाट वडा हुदै टोल टोल सम्म बिस्तारको चरणमा पुगेको छ । यस अभियानको क्रममा अन्य पार्टीवाट समेत केही नेतृत्व तहमा क्रियासील ब्यक्तीत्वहरु नेकपा ९ एमाले० मा प्रबेश गरेको स्थिती छ । केन्द्रिय प्रतिनिधीको रुपमा ठम्मर बिष्ट त्यस क्षत्रमा नेतृत्व गरीरहेका छन । बिगत द्धन्दकालमा समेत दशौं हजार सेनाको परीचालन गरेको र बिभीन्न समयमा पार्टी कमिटीमा देशको सबै क्षत्रमा काम गरेको अनुभब संगालेकाले अभियानलाई अघी बढाउन र जनता र कार्यकर्ता अन्र्तघुलनमा सहजै भएको उनि बताँउछन । त्यस क्षत्रमा प्रदेश प्रतिनिधीको रुपमा दुईजना जित बहादुर चलाउने र लाल बहादुर रावत हुनुहुन्छ भने दुबै पालीका गरी करीब एक दर्जन जिल्ला समिती सदस्यहरु जिल्ला प्रतिनिधीको रुपमा फील्डमा खटीरहेको अवस्था छ । बिगतमा संगठन संचालनमा रहेका केही पुराना परीपाटी र तौरतरीकालाई जम्प गरेर अभियान चलाउनु पर्दा एक्कासी पिकअप गर्न भने केही समस्या रहेको उनि बताउँछन । बिष्ट भन्छन, “संगठन र बिचारमा यसले धक्कात ल्याउने नैं छ त्यो भन्दा पनि बढी यसले आन्तरीक संगठन र बाहीर समेत एउटा सकारात्मक तरंग पैदा गरेको छ र बस्तुत संगठन शुदृढीकरणको आधारभुमी खडा गरेको छ” । केन्द्रिीय तालीका अनुसारनैं चैत्रको तेश्रो हप्ता सम्म त्यहा अभियान चल्ने र बैशाषको पहीलो हप्ता सुर्खेतमा प्रदेश स्तरको अन्तीम चरणको समिक्षा हुने अभियानको सेडुअल रहेको कुरा विष्ट बताउँछन । यस्ता अभियानहरु केवल पटके रुपमा संचालन गर्ने भन्दा पनि बर्षमा कम्तीमा एकचोटी संचालन गर्नु पर्ने कार्यकर्ताको आम धारणा रहेको उनि बताउँछन ।

तपाईको प्रतिक्रिया