भट्टराईको नेतृत्वमा पिडित लाई आर्थिक सहयोग   

हुमबहादुर कार्की । सुर्खेत । सल्यानको कालोमाटी   गाउँ पालिका वडा नम्बर ४ पुरुवा खेत बस्ने दिल बहादु बिक का अपांग छोरा मिश्र बिक र छोरी प्रेमकली बिक लाई टोप बहादुर भट्टराई को नेतृत्वमा आर्थिक संकलन गरि पिडित लाई हस्तान्तरण गरिएको छ । पिडित दिल बहादुर बिकका अनुसार छोराछोरी जन्मिएको १२ बर्ष सम्म स्वस्फूर्त भएको र १२ बर्ष को उमेर पार भए सङ्गै छोराछोरी शरीरको आधा भाग नचल्ने बोली पनि राम्रो सँग नआउने हिडडुल गर्न नसक्ने हुदा हामि लाई स्यारसुसार गर्ने उमेर मा आफुहरुनै सुसारे भएर हुनु परेको बताए । कमाउने उमेर मा छोराछोरी दुबै जना अपांग भएको हुदाँ घरको आर्थिक अबस्था कम्जोर भै घरमा चुल्हो समेत बोल्न अप्ठ्यारो हुदा स्थानीय टोपबहादुर भट्टराईको नेतृत्व मा आर्थिक संकलन गरि बुधबार पिडित परिवार लाई हस्तान्तरण गरिएको हो।

आर्थिक सहयोग गर्नु हुने कालिमाटी गाउँ पालिका ६ जुमखोला का विशाल जैसी रु.२००० , भेरिगङ्गा ६ का धन बहादुर कुवर रु.२९००, धनुषा जिल्ला सबैला नगरपालिका ४ का अरुण कापर रु. १४५०, धनुषा जिल्ला सहिद नगरपालिका का भिम संकर यादव रु.८६५, मकवानपुर १० नौखामे का संगम तामाङ रु. १४५० र सल्यान कालिमाटी ४ का नेतृत्वकर्ता टोप बहादुर भट्टराई रु. १००० टोटल ९६६५ रुपैया बिहिवार पिडित कै घरमा गएर संकलन रकम हस्तान्तरण गरिएको टोप बहादुर भट्टराईले जानकारी दिए ! घर को आथिक अबस्था नाजुक भएको ले आर्थिक सहयोग गर्न परिवार स्रोतले अनुरोध गरेको छ !

तपाईको प्रतिक्रिया