कर्णाली प्रदेश सभाको बैठक भोलि बस्दै

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक भोलि (आईतवार) बस्ने भएको छ ।
दुई महिनापछि बस्न लागेको प्रदेश सभाको बैठक भोलि दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो । अहिलेलाई एजेन्डाबिनानै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने जनाईएको छ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया